Advertisement

माओवादी महाधिवेशन : प्रमुख राजनीतिक दललाई आमन्त्रण

0 325

Advertisement

११ पुस, काठमाडौँ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा(माओवादी केन्द्र)ले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई उद्घाटनसत्रमा आमन्त्रण गरेको छ ।आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा आयोजना हुुने उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ ।

झापामा रहनुभएका एमाले अध्यक्ष ओलीले आफू सकेसम्म उद्घाटन सत्रमा सहभागी हुने नसके महासचिव शङ्कर पोखरेलले सहभागिता जनाउने जानकारी दिनुभएको बताइएको छ ।उद्घाटनसत्रमा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष ओलीलाई टेलिफोन गरेर आग्रह गर्नुभएको थियो । फोनमा एमाले अध्यक्ष ओलीले आफू झापामा रहेको भन्दै सकेसम्म आफू नै आउने र सम्भव नभए महासचिव पोखरेल सहभागी हुनुहुने जानकारी गराउनुभएको थियो ।

उद्घाटनसत्रमा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि आमन्त्रण गरिएको छ । त्यस्तै जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत पार्टीका नेतालाई अतिथिका रुपमा बोलाइएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

यसअघि राष्ट्रिय सम्मेलनमा अतिथि नबोलाउने निर्णय भएकामा त्यसलाई महाधिवेशनमा रुपान्तरण गरिएकाले अतिथि बोलाइएको माओवादीको भनाइ छ । महाधिवेशनमा रुपान्तरण गरिएकाले १ बजेका लागि पूर्वनिर्धारित उद्घाटन समारोह ३ बजे आयोजना गरिने भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.