प्रधानन्यायाधीश जवरा विरुद्ध नेपाल बार एशोसिएसन आन्दोलनमा (फोटो फिचर)
२५ कात्तिक, काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको प्रकरणले अहिले सधै शान्त रहने सर्वोच्च अदालतको महोल तातिरहेको छ । उनको बहिर्गमनका लागि भन्दै नेपाल बार एशोसिएसन आन्दोलनरत छ। कही दिन अधि नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ५ दिनभित्र राजिनामा दिन अल्टिमेटन दिएकोमा राणाबाट कुनै पनि हालतमा राजिनामा नदिने बताएसंगै नेपाल बार एशोसिएसनद्वारा थप आन्दोलन तथा धर्नाका कार्यक्रम जारी राखेका छन् ।
नेपाल बारले आगामी कात्तिक ३० गतेसम्मका लागि प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसअनुसार कात्तिक २३ देखि ३० गतेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा विरोधका कार्यक्रम गर्नेछ । उक्त अवधिमा उपत्यकाका सबै कानुन व्यवसायी आन्दोलनमा सहभागी हुने कारणले उपत्यकाभित्रका जिल्ला अदालत, उच्च अदालत र विभिन्न न्यायाधीकरणमा बिहान १० देखि १२ बजेसम्म सुनुवाइ रोक्न माग गर्दै पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
नेपाल बारले कात्तिक २८ देखि ३० सम्म देशभरका ९० वटै बार इकाईमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने पनि निर्णय गरेको छ । साथै प्रधानन्यायाधीशले अध्यक्षता गर्ने न्यायपरिषद्, न्याय सेवा आयोग जस्ता निकायका बैठकमा सहभागी नहुन ती निकायका सदस्यहरूलाई पनि बारले अपील गरेको छ ।
यही सन्दर्भमा हाम्रा सहकर्मी डिजिटल खवरका फोटो पत्रकार सरोज राईको लेन्सबाट कैद गरेका सर्वोच्च अदालको आन्दोलनको दृश्य तथा केही तस्वीर :