Advertisement

प्रधानन्यायाधीश जवरा विरुद्ध नेपाल बार एशोसिएसन आन्दोलनमा (फोटो फिचर)

0 640

Advertisement

२५ कात्तिक, काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको प्रकरणले अहिले सधै शान्त रहने सर्वोच्च अदालतको महोल तातिरहेको छ । उनको बहिर्गमनका लागि भन्दै नेपाल बार एशोसिएसन आन्दोलनरत छ। कही दिन अधि नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ५ दिनभित्र राजिनामा दिन अल्टिमेटन दिएकोमा राणाबाट कुनै पनि हालतमा राजिनामा नदिने बताएसंगै नेपाल बार एशोसिएसनद्वारा थप आन्दोलन तथा धर्नाका कार्यक्रम जारी राखेका छन् ।

नेपाल बारले आगामी कात्तिक ३० गतेसम्मका लागि प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसअनुसार कात्तिक २३ देखि ३० गतेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा विरोधका कार्यक्रम गर्नेछ । उक्त अवधिमा उपत्यकाका सबै कानुन व्यवसायी आन्दोलनमा सहभागी हुने कारणले उपत्यकाभित्रका जिल्ला अदालत, उच्च अदालत र विभिन्न न्यायाधीकरणमा बिहान १० देखि १२ बजेसम्म सुनुवाइ रोक्न माग गर्दै पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

नेपाल बारले कात्तिक २८ देखि ३० सम्म देशभरका ९० वटै बार इकाईमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने पनि निर्णय गरेको छ । साथै प्रधानन्यायाधीशले अध्यक्षता गर्ने न्यायपरिषद्, न्याय सेवा आयोग जस्ता निकायका बैठकमा सहभागी नहुन ती निकायका सदस्यहरूलाई पनि बारले अपील गरेको छ ।

यही सन्दर्भमा हाम्रा सहकर्मी डिजिटल खवरका फोटो पत्रकार सरोज राईको लेन्सबाट कैद गरेका सर्वोच्च अदालको आन्दोलनको दृश्य तथा केही तस्वीर :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.