Advertisement

कर्णालीको स्याउ बजारमा आएपछि भारत र चीनको स्याउको बिक्री बन्द

0 595

Advertisement

२४ भदाै, नेपालगञ्ज । स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीनबाट आउने स्याउको बिक्री यहाँ बन्द भएको छ ।  कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठूलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउको बिक्री नहुँदा विस्थापित भएको हो ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले कर्णालीको स्याउले जताततै बजार पाएको छ । कर्णालीका स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै कर्णालीकै स्याउ विक्री भइरहेको छ ।
भारत र चीनबाट भित्रिएका महँगो स्याउले बजार ओगटेको समयमै कर्णाली प्रदेशबाट ल्याइएको स्याउ कोहलपुर र नेपालगञ्जमा सस्तोमा पाउन थालेपछि अन्य स्याउको बिक्री बन्द भएको छ । 

भारतीय स्याउ प्रति किलो १५० देखि २५० रुपियाँ र चीनको स्याउ प्रतिकिलो १६० रुपियाँभन्दा बढीमा बिक्री भइरहेको बेला कर्णालीको अर्गानिक स्याउ बाँकेमा प्रतिकिलो ९० देखि १२० रुपियाँसम्ममा पाइन थालेपछि अरू स्याउको बिक्री बन्द भएको व्यवसायीले जनाएका छन् । 

कर्णालीको जुम्ला र कालिकोटबाट ठुलो परिमाणमा स्याउ नेपालगञ्ज ल्याएर बिक्री सुरु गरिएकोले अन्य स्थानबाट ल्याइएका स्याउ बिक्री हुन छाडेको स्थानीय व्यवसायी रमजान कबडियाले बताउनुभयो । 
उहाँका अनुसार अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकोले कर्णालीको स्याउको माग अत्यधिक छ । 

यसैगरी फलफूलका अर्का थोक विक्रेता शमसेर मियाँले अहिले बजारमा जताततै कर्णालीकै स्याउको माग उच्च रहेकोले अरू स्याउको बिक्री बन्द भएको जनाउनुभयो । 

उहाँले सीमापारिबाट आउने भारतीयहरूले समेत कर्णालीको स्याउ किनेर लग्ने गरेको बताउनुभयो । 
बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा दैनिक करिब ३ देखि ५ टनसम्म कर्णालीको स्याउ विक्री भइरहेको छ । सो केन्द्रका अनुसार जुम्लाबाट व्यापारीहरूले कर्णालीका स्याउ कोहलपुर र नेपालगञ्ज पठाउने गरेको र त्यसको व्यापार कोहलपुर र नेपालगञ्जमा निकै फस्टाएको छ । 

यस क्षेत्रमा कर्णालीको स्याउको माग बढ्दै गएपछि कोहलपुरस्थित भेरी शीतभण्डार सहकारी संस्थामा ठुलो परिमाणमा स्याउ भण्डार भइरहेको र आउने क्रम अझै जारी रहेको भेरी शीतभण्डारले जनाएको छ । जुम्लाको स्याउ बजारमा आएपछि अरू सबै स्याउ हराएको स्थानीयले जनाएका छन् । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.