Advertisement

एक हजार ५८ जना सङ्क्रमित, एक हजार ८४५ कोरोनामुक्त, १४ को मृत्यु

0 559

Advertisement

२४ भदाै, काठमाडाैँ । नेपालमा कोरोनाभाइरसका एक हजार ५८ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.७८ प्रतिशत छ । मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार ८४५ जना कोरोनामुक्त भएको जनाएको छ ।

गएको चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८९३जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।मन्त्रालयले हाल नेपालमा २८ हजार ६७८ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ ।

नेपालमा २६१ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार बिहीबार ९२ हजार १६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.