नेपाल र भारत बिचको दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दै
२० भदौ, काठमाडौं । पहिलो खेल १-१ बराबरीको नतिजा निकालेको नेपाल तथा भारत आज दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दै छन् ।
खेल नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल अपरान्ह ५:३० बजे सुरु हुनेछ।
पहिलो खेल बराबरीमा सकिएको कारण दुबै टिम दोस्रो खेलमा स्पस्ट जित निकाल्ने योजनामा रहेका छन्। दुबै टोलीका प्रशिक्षकले दोस्रो खेलमा कमीकमजोरी सुधार गर्दै जित निकाल्ने बताएका थिए।
नेपालको यस खेल भारतसँगको २१ औं खेल हुनेछ । तर, भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । हालसम्म भारतले १३ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ।