Advertisement

सामाजिक कार्य अपडेट ; कोरोना कहरमा सक्रिय गोकर्णश्वरका स्थानीय युवाहरु

0 514

Advertisement

लक्ष्मण फुयाल
२० जेठ, काठमाडौं । कोरोना कहरले सवै क्षेत्रलाई आक्रान्त पारेको छ । यस विषम अवस्थामा सरकार तथा स्थानीय निकायहरुले आफ्नो जिम्बेवारी राम्रो संग बहन गर्न नसकेका अवस्थामा काठमाडौं स्थित गोकर्णश्वर नरपालिका वडा ०८ का स्थानीय युवाहरुले कोरोना कहरमा सक्रिय भइ सामाजिक सेवामा लागि परेका छन् ।

आज पनि गोकर्णश्वर नगरपालिका युवाहरु सामाजिक कार्यमा अग्रसर भएका छन् । उनीहरुले आज पनि माक्स तथा सेनिटाईटर वितरण गरेका छन । यो माक्स तथा सेनिटाइजर वितरण अव निषेधाज्ञाको समयसम्मै जारी रहने स्थानीय युवा तथा चामुण्डा पूर्व विद्यार्थी मञ्चका सदस्य प्रविन घिमिरे जानकारी दिनुभयो ।

कार्यक्रमको नेतृत्व तथा मुख्य आयोजकको रुपमा यस गो नपा वडा ०८ का मनोज गोलेले विशेष पहल गर्नु भएको थियो । उनको सक्रियतामा कार्यक्रम अन्य स्थानीय युवाहरु सहभागि जनाएका थिए ।


आज विहान गोकर्णश्वर नगरपालिकको वडा नम्वर ०८ स्थित माकलबारी सानो पुलमा स्थानीय युवाहरुले माक्स तथा सेनिटाइजर लगायत औषधिहरु वितरण गरेको कार्यक्रममा हाम्रो सहयोग अभियान तथा चामुण्डा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कुमार राज सुवेदीको पनि सामजिक कार्यमा समन्वय गरेका छन् ।

हाम्रो सहयोग अभियान तथा चामुण्डा पूर्व विद्याथी मञ्चका अध्यक्ष कुमार राज सुवेदी सहयोग प्रदान गर्दै

उनले आज यस कार्यक्रममा सहभागि जनाउदै स्पाइनल कर्ड इन्जुरी नेटवर्क संस्थामा १५ हजार सहयोग तथा माकलवारीमा खाध्यन्नमा अभावको समस्यामा रहेका ३ परिवारलाई जनही २ हजार रुपैयाँ वितरण गर्नु भएको आयोजक स्थानीय युवा मनोज गोलेले जानकारी दिनुभयो ।

आजको माक्स तथा सेनिटाइजर वितरण कार्यक्रमा माकलबारी युवा क्लवका अध्यक्ष सुजन थापा, अमित खड्का, विष्णु दंगाल लगायत स्थानीय युवाहरुको उपस्थित रहेका थियो ।


कार्यक्रममा युवाहरुले बाटो बटुवा ,लगायत स्थानीय व्यक्त्तिहरुमा करिव ८ सय संख्यामा माक्स तथा सेनिटाइजर वितरण गरिएको छ । साथै उक्त कार्यक्रममा स्थानीय प्रमिला सुनुवारले ३ सय माक्स दिनुभएको स्थानीय युवा तथा चामुण्डा पूर्व विद्यार्थी मञ्चका सदस्य प्रविन घिमिरे जानकारी दिनुभयो ।

यस सामाजिक कार्यक्रम सहयोगी हातहरु समन्वयमा आज कुमार राज सुवेदीकै समन्वयमा अक्सिजन उपल्व्ध गराउनु भएको घिमिरेले जानकारी दिनुभयो ।


कार्यक्रममा माक्स वितरण संगै नागरिकहरुमा कोरोनाबारे जनचेतना, सचेतना र कोरोनाबाट सतर्क र स्वास्थ्य सावधानी अपनाउन अग्रह गरेको घिमिरेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.