Advertisement

‘बोक्सीको घर’ले चार दिनमा कति कमायो ?

0 9

Advertisement

१८ वैशाख, काठमाडौं । ‘बोक्सी घर’ले उत्साहजनक कमाइलाई निरन्तरता दिइरहेको छ । पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) ३ करोड २० लाख ग्रस कलेक्सन गरेको फिल्मले विकडेज (आइतबार, सोमबार र मंगलबार)मा पनि दर्शकलाई हलसम्म तानिरहेको देखिन्छ ।

मंगलबारको देशव्यापी अकुपेन्सी ४० देखि ७० प्रतिशत छ, जुन उत्कृष्ट हो । वितरण कम्पनी टी–फोकले चार दिनसम्मको कमाइ सार्वजनिक गरेको छ । आइतबार ५३ लाख र सोमबार ४१ लाख कमाइ गरेको वितरकले जनाएका छन् ।

फिल्मको चार दिने कुल कमाइ ३ करोड २४ लाख रुपैयाँ ग्रस पुगेको उल्लेख छ । मंगलबार पनि आईएनआई र क्यूएफएक्समा दर्शकीय अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ । बुधबार मजदुर दिवसको सार्वजनिक बिदा भएकाले उक्त दिन फिल्मले राम्रै कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

दोस्रो सप्ताहन्तमा पनि फिल्मले न्यूनतम एक करोडभन्दा बढी कमाउन सक्ने अनुमान छ । यसरी दोस्रो सप्ताहन्तसम्म फिल्मको कुल कमाइ सजिलै ५ करोड पार गर्ने प्रक्षेपण वितरकको छ । फिल्मले दुई दिनमै लगानी उठाइसकेको थियो ।

केकी अधिकारीले निर्माण गरेको यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । बोक्सी कुपथ्राबारेको यो फिल्म केही विदेशी डायस्पोरामा प्रदर्शनका लागि तय भइसकेको जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.