Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई र अग्रपंक्तिमा रही कार्यरत सवैमा धन्‍यवाद ब्यक्त गर्नुभएकाे छ

0 757

Advertisement

२० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई धन्‍यवाद ब्यक्त ब्यक्त गर्नुभएकाे छ । सामाजिक सञ्‍जाल फेसबुकमार्पत एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति हामी आभार व्‍यक्त गर्दछौं ।’

पूर्वराजा शाहले महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई समेतलाई धन्यवाद दिएका छन् । उनले आफूहरु पूर्ण स्वास्थ्य लाभ लिइरहेको र देश बाहिर र भित्रको अवस्थाप्रति निकै चिन्तित रहेको बताएका छन् ।

पूर्वराजा शाहले भने, ‘अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं । तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं ।’

कोरोना महामारीलाई नियन्त्रण गर्नको लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको खाँचो पर्ने उनको भनाइ छ । पूर्वराजा शाहले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्दै उपचारको क्रममा रहेका सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्, महामारीबाट जीवन गुमाउनेहरुप्रति चीर शान्तिको कामना गरेका छन् ।

गत अप्रिलमा भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि पूर्वराजा र पूर्वरानीलाई कोरोना संक्रमण भएको थियो । तीन साताको उपचारपछि उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.