Advertisement

राष्ट्रिय सूचना तथा प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’

0 9

Advertisement

१८ वैशाख, काठमाडाैं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले ‘आइसिटी डे अफर’ उपलब्ध गराउने भएको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय आइसिटी दिवसका अवसरमा कम्पनीले आकर्षक अफर सुरु गरेको हो ।

वैशाख १९ देखि २१ सम्म लागु हुने यो अफर अन्तर्गत ग्राहकले ४९ रुपैयाँमा एक दिन अवधिको १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस प्याक लिन सक्नेछन् ।

यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध भएको कम्पनीका प्रवत्ता हरि ढकालले बताए ।

यसै अफर अन्तर्गत ७८९ रुपैयाँमा ग्राहकले फेस्टिभ कम्बो प्याक समेत लिन सक्ने छन् । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । आगामी बैशाख १९ देखि २१ गतेसम्म ग्राहकले एसट्रिक १४१५ एसट्रिक ११ ह्यासट्याग डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.