Advertisement

फुटबलको टिकटबाट उठेको रकम क्रिकेट खेलाडी कल्याणकारी कोषमा

0 16

Advertisement

१९ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ तथा ब्रोडकास्टिङ अधिकार पाएको एमडीएसी स्पोट्र्सले नेपाली क्रिकेट खेलाडी कल्याणकारी कोषमा १ लाख ४८ हजार ८०० रुपैयाँ प्रदान गरेको छ ।

एमडीएसी स्पोट्र्सका सीईओ अर्जुन घिमिरेले मुलपानी मैदानमा क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनकुमार सिंहलाई १ लाख ४८ हजार ८०० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल विश्वकप छनोटमा छानिएपछि एमडीएसी स्पोर्टसले चैत ४ गते दशरथ रंगशालामा भएको एपीएफ र मनाङ मर्स्याङदी क्लबबीचको खेलमा उठेको टिकटको सम्पूर्ण रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेको थियो ।

एपीएफ र मनाङको खेल हेर्न राष्ट्रिय क्रिकेट टिमका सदस्यसमेत रंगशालामा पुगेका थिए ।

त्यस दिन साधारण प्यारापिटतर्फ १ हजार १२२ टिकट बिक्रीबाट १ लाख १२ हजार २०० र भीआईपी प्यारापिटतर्फ १२२ टिकट बिक्रीबाट ३६ हजार ६०० रुपैयाँ उठेको थियो । त्यो रकम कोषमा जम्मा गरेको एमडीएसी स्पोर्टसले जनाएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूका नेपाल र यूएईबीचको अन्तिम खेलमा टिकटबाट उठेको रकमबाट क्यानले कल्याणकारी कोष बनाउने घोषणा गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.