सुनको भाउमा गिरावट, बिहीबारको भाउ कति ?
१३ वैशाख, काठमाडाैं । बिहीबार छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको छ । बुधबार ५०० रुपैयाँ बढेको सुनको भाउ बिहीबार २०० रुपैयाँले घटेको हो ।
बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार १५० रुपैयाँमा करोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भएको थियो ।
बिहीबार चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३१३ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ०९ पैसामा कारोबार भइरहेको छ ।