Advertisement

‘होन्डा टेक्निसियन स्किल कन्टेस्ट’ मा तीन जना टेक्निसियन पुरस्कृत

0 9

Advertisement

०४ वैशाख, काठमाडौं । होन्डाले आयोजना गरेको ‘होन्डा टेक्निसियन स्किल कन्टेस्ट- २०२४’ मा तीन जना टेक्निसियन पुरस्कृत भएका छन् ।

स्किल कन्टेस्टमा प्रथम हुने एसटीसी वर्कसप टेकुका प्रलाद दाहाल, दोस्रो हुने ओम सत्यसाही अटो सिटी प्रालि इटहरीका गजेन्द्र बुढाथोकी र तेस्रो हुने एसटीसी वर्कसप कोहलपुरका सन्तोष अर्जेलले पुरस्कृत भएका हुन् । स्किल कन्टेस्टमा प्रथम हुने दाहालले ५० हजार, द्वितीय हुने बुढाथोकीले ३० हजार र तृतीय हुने अर्जेलले २० हजार रुपैयाँ हात पारेका छन् । कम्पनीका अनुसार सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

होन्डाले डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ स्किल कन्टेस्ट आयोजना गरेको थियो ।

ललितपुरको ग्वार्कोस्थित होन्डाको ट्रेनिङ सेन्टरमा २८ चैतमा आयोजित कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदीप घिमिरे, स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता अवधिभर होन्डा जापानले उपलब्ध गराएको मार्ग निदेशन अनुसर टेक्निसियनहरू होन्डा स्टयान्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्यक क्षेत्रबाट २-२ जना छनोट गरी राष्ट्रिय स्तरको प्रतियोगितामा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

स्याकार ट्रेडिङ कम्पनिले विगत केही वर्षदेखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गदै आएको बताएको छ ।

कार्यक्रममा पाँचै प्रदेशका उत्कृष्ट टेक्निसियन लगायत काठमाडौं उपत्यकाभित्रका धेरै जसो डिलरका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.