Advertisement

पुरानो चार आर्थिक वर्षको लाभांश बुझिलिन सेयरधनीलाई नेपाल बैंकको आग्रह

0 13

Advertisement

०४ वैशाख, काठमाडाैं । नेपाल बैंक लिमिटेडले विगत चार आर्थिक वर्षमा वितरण गरेको नगद लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७५–७६, २०७६–७७, २०७७–७८ र २०७८–७९ को लाभांश बुझ्न बाँकी सदस्यहरूलाई यथासिघ्र बुझिलिन बैंकले आग्रह गरेको हो ।

बैंकले सम्बन्धित सेयरधनीहरूले आवश्यक कागजातहरू सहित कम्पनीको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेडको ठमेल, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने जानकारी दिएको छ । हालसम्म पनि आफ्नो सेयर अभौतिकीकरण नगराएका सदस्यहरूले यथाशीघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न समेत बैंकले भनेको छ ।

बैंकले बोनस सेयर हितग्राही खातामार्फत र नगद लाभांश बैंक खाता मार्फत वितरण गर्दै आएको छ । यसर्थ हितग्राही खाता खोली उक्त खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन समेत बैंकले आग्रह गरेको छ ।

सेयर प्रमाणपत्र अभौतिकिकरण (डिम्याट) गर्न आग्रह

बैंकले हालसम्म पनि आफ्नो नाममा रहेका सेयर प्रमाणपत्र बुझिलिन बाँकी रहेका सेयरधनीहरुलाई उक्त सेयर प्रमाणपत्रहरु संकलन गरी अभौतिकिकरण गर्न आग्रह गरेको छ ।

पुराना सेयर प्रमाणपत्रहरुको लागि बुझिलिन बाँकी सेयरधनीले नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाण्डौबाट र बाँकी रहेका सेयर प्रमाणपत्रहरु हिमालयन क्यापिटल लिमिटड, ठमेल, काठमाण्डौबाट संकलन गर्न सकिने जनाइएको छ । भौतिक सेयर प्रमाणपत्रहरुको लिन तथा सेयर प्रमाणपत्रहरु अभौतिकिकरण गरी नसक्नु भएका सम्पूर्ण सेयरधनीहरुलाई आफ्नो नाममा रहेका सम्पूर्ण भौतिक सेयर प्रमाणपत्रहरु आफ्नो हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्य मार्फत अभौतिकिकरण गर्न सक्नेछन् ।

साथै हालसम्म पनि हितग्राही खाता नखोल्नु भएका सेयरधनीले आफूलाई पायक पर्ने नजिकको कुनै पनि निक्षेप सदस्यमा हितग्राही खाता खोली आफूसँग रहेका सेयर प्रमाणपत्र अभौतिकीकरण गराउन सक्नेछन् ।

हाल अभौतिकि सेयर प्रमाणपत्र मात्र दोस्रो बजार मार्फत सेयर खरिद बिक्री गर्न सकिन्छ । नेपाल धितोपत्र बोर्डले २०७२ माघ १ गतेदेखि लागु हुने गरी धितोपत्रको दोस्रो बजारमा अभौतिक सेयरहरुको मात्र कारोबार हुने व्यवस्था गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.