Advertisement

प्रदेश प्रमुख परामर्शमै, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्ति अन्योलमा

0 10

Advertisement

०३ वैशाख, काठमाडौं । मुख्यमन्त्रीका लागि दुई वटा दाबी पेस भएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले निर्णय लिन सकेका छैनन्। जसका कारण दोस्रो दिन पनि त्यहाँको मुख्यमन्त्री नियुक्ति हुने सम्भावना न्यून देखिएको छ।

सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले प्रदेश प्रमुख आन्तरिक परामर्शमै रहेका कारण अहिलेसम्म निर्णय हुन नसकेको बताए।

आइतबार त्यस प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदहरू लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेश गरेका थिए।

लक्ष्मणकिशोरले नाउपाका अतिरिक्त कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेस गरेका थिए। त्यस्तै, कैलाशले नाउपाका अतिरिक्त एमाले र माओवादी केन्द्रको समर्थनमा दाबी पेस गरेका थिए।

नाउपामा अध्यक्ष रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधरबीच विवाद उत्कर्षमा रहेकाले सोही पार्टीबाट दुई वटा दाबी पेस भएको हो। रेशम पक्षधरले कांग्रेस र एकीकृत समाजवादीको साथ लिएर दाबी पेस गरेका थिए। रञ्जिता पक्षधरले भने एमाले र माओवादी केन्द्रको साथ लिएका हुन्।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नाउपालाई मुख्यमन्त्रीमा सघाउने निर्णय गरेको थियो। बैठकमा सहभागी नाउपा अध्यक्ष रञ्जिताले आफू पक्षका नेता कैलाशलाई मुख्यमन्त्री बनाउने तयारी थाल्दै गर्दा रेशम चौधरी पक्षधरले कांग्रेस र एकीकृत समाजवादीसँग सहमति गरेर दाबी पेस गरेका थिए। पछि कैलाशले पनि दाबी पेस गरेका थिए।

नाउपालाई दुवै पक्षले जोडेकाले दुवै पक्षमा बहुमत देखिन्छ। त्यसैले पनि कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भनेर प्रदेश प्रमुखले आन्तरिक परामर्श गरिरहेका हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.