Advertisement

प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

0 14

Advertisement

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले ठीक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका हुन् ।

‘कांग्रेसका सभापति, एमाले अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौं,’ काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले भने ।

२०४७ देखिको लामो कार्यकालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व लिनेहरू जवाफदेही हुनुपर्ने उनले बताए । जति पनि ठूला काण्ड भए जोजो त्यसमा जिम्मेवार छन् । उनीहरूले कहीं न कहीं दण्ड पाउनुपर्छ भन्ने हुनुपर्ने उनले बताए । ‘नागरिकलाई राज्यसँग भर होस् । गलत गर्ने मान्छेलाई राज्यसँग डर होस् ।’

सार्वजनिक सम्पत्तिको अपचलन, सहकारी प्रकरण सहित सबैको छानबिन हुनुपर्ने थापाले बताए । सहकारीबाट अर्बौं रकम खानेहरू केही समय अघिसम्म विज्ञका रुपमा भाषण गर्दै हिंडेको देखेको उनले बताए । ‘खाएर जाने मान्छेहरूलाई हेर्ने त निकाय बनेको छ । विभिन्न अड्डाहरू छन् । तर कसैले पनि हेर्दैनन्,’ महामन्त्री थापाले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २०४७ सालपछि अनियमितामा मुछिएकाहरूको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गरेको छ । कांग्रेस महामन्त्री थापा र विश्वप्रकाश शर्माले उच्चस्तरीय छानबिन समिति बनाउन कांग्रेस तयार रहेको बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.