Advertisement

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

0 8

Advertisement

२२ चैत, दैलेख । पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ। दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिP. 

नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो।

‘सडक चौडा पार्ने कम्पनीले सडकमा छाडेका गिट्टीका कारण ट्रक सडकमै पल्टिएको थियो। दुईवटा क्रेनको सहायताले ट्रक उठाइएको छ’, प्रमुख जिल्ला अधिकारी भुसालले भने।

चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालबाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन्।

विसं २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो। सोही बमोजिम २०७५ साल माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भई २०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरु भएको थियो। हाल जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको तयारी गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.