Advertisement

फ्लोरमा जानुअघि नै ‘रावायण’को रिलिज मिति घोषणा

0 21

Advertisement

१४ चैत, काठमाडौं । अभिनेता अनमोल केसीले स्क्रिप्ट चित्त नबुझेको भन्दै सुटिङको संघारमा छाडेको सिनेमा ‘रावायण’ले फ्लोरमा जानुअघि नै रिलिज मिति घोषणा गरेको छ। निर्माणपक्षले आफ्नो सिनेमा आगामी वर्षको तीज अर्थात भदौ २१ गते रिलिज हुने घोषणा गरेको छ।

सिनेममामा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहनेछ।

गत असोजमा फ्लोरमा जान ठिक्क परेको सिनेमाबाट एक लामो स्टाटस लेख्दै अभिनेता अनमोल केसीले सिनेमाबाट अलग भएको घोषणा गरे। उनले आफ्नो पछिल्लो रिलिज ‘छड्के-२’ वक्सअफिसमा नराम्ररी सुपरफ्लप भएपछि सिनेमा गर्न हतार नगर्ने भन्दै सिनेमाबाट अलग भएको घोषणा गरेका थिए।

त्यसपछि उनीविरुद्ध निर्देशक सुदर्शन थापाले प्रहरीमा आपराधिक विश्वासघात मुद्दामा उजुरी हाले र अनमोल पक्राउ परे।

त्यसको केही समयपछि नयाँ स्टारकास्ट लिएर फ्लोरमा जाने तयारीकाबिच नै निर्देशक सुदर्शनविरुद्ध उनले अनमोलका विरुद्ध नै हालेको मुद्दामा उनीविरिद्ध पक्राउपूर्जी जारी भयो। त्यसपछि प्रहरीबाट पक्राउ हुनबाट जोगिन निर्देशक थापा फरार बनेपछि ‘रावायण’को भविष्य थप अन्यौलग्रस्त बन्यो।

लामो समयको अन्यौलतालाई चिर्दै निर्देशक थापाले पल-पूजालाई जोडी बाँध्दै सिनेमालाई फ्लोरमा लैजाने जमर्को गरेका हुन्,

पल र पूजा यसअघि ‘म यस्तो गीत गाउँछु’को दुई श्रृंखलामा उनीहरुले एकसाथ देखिएका थिए। सिनेमामा उनीहरुका अलावा अभिनेता प्रमोद अग्रहरी र पूर्व मिस नेपाल निकिता चण्डकको समेत प्रमुख भूमिका रहनेछ।

यसैगरी सिनेमामा प्रियंका कार्की, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल आदिको पनि अभिनय रहनेछ। सिनेमा चैत अन्तिमबाट छायांकनमा जानेछ भने ‘रावायण’लाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गर्नेछन्।

यस्तै सौरभ लामाले खिच्ने सिनेमा शिवम् अधिकारीले लेखेका हुन्।

विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी हुने यो सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन हुनेछ।

एक्सन-लभस्टोरी कथामा बन्न लागेको फिल्ममा पलको दोहोरो भूमिकामा देखिनेछन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.