Advertisement

१६ करोड नजिक ‘महाजात्रा’, ओभरसिजमा अहिलेसम्मकै उच्च कलेक्शन

0 5

Advertisement

०८ बैशाख, काठमाडाँ । चैत्रको ९ गतेबाट रिलिजमा आएको फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा बम्पर व्यापारलाई निरन्तरता दिइरहेको छ । चौथो सातामा पनि यो फिल्मले आक्रामक व्यापार जारी राख्यो ।

निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा यो फिल्मले रिलिजको चौथो सातासम्म १५ करोड माथिको ग्रस कलेक्शन नेपाली बजारबाट गरिसकेको छ ।

यो फिल्मले चौथो सातासम्म आइपुग्दा नेपाली बजारबाट १५ करोड ९० लाखको ग्रस कलेक्शन गरेको छ । साथमा, फिल्मले ओभरसिजमा १० करोड ७५ लाखको कलेक्शन गरेको उल्लेख गरिएको छ ।

यो फिल्मले विश्व बजारबाट आक्रामक व्यापार गर्दै गर्दा नेपालमा ‘जारी’ फिल्मको कलेक्शनलाई समेत चुनौती दिइरहेको छ । यो साता फिल्मले ‘जारी’को रेकर्डलाई तोड्ने संभावना उच्च छ ।

षट्कोण आर्टसले यसअघि बनाएका सबै फिल्मको रेकर्डलाई समेत यो फिल्मले तोडेको छ । ओभरसिजमा फिल्मले अहिलेसम्मकै उच्च व्यापार गरेको निर्माणपक्षले बताएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।

फिल्मबाट लेखक तथा निर्देशक प्रदीप भट्टराईले नाफाको ५० प्रतिशत पाउने भएकाले पनि उनको हातमा ह्यान्डसम शेयर जाने पक्का भएको छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.