Advertisement

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, ९ लाख बढीको हात रित्तो

0 20

Advertisement

२५ फागुन, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा शुक्रबार बिहान शेयर बाँडफाँड गरेकाे हो।

कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका आवेदन दिएका थिए। १ हजार ३४२ आवेदकको आवेदन प्रक्रिया पुरा नगरी आवेदन दिएकाले रद्द भएको छ।

९ लाख ५८ हजार ९५९ योग्य आवेदकमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका छन्। ५० देखि ५ हजार कित्ता सम्मका लागि आवेदन दिएका ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका हुन्। बाँकी रहेको २६ कित्ता शेयर २६ जनाले थप एक एक कित्ताका दरले प्राप्त गरेका छन्। ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ।

सर्वोत्तम सिमेन्टको आईपीओमा माग भन्दा करिब १९ गुणा बढीको आवेदन परेको थियो। यसमा आवेदकले १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन्।

सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि १६ गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन गरेको थियो।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँमा आइपीओ जारी गरेको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.