Advertisement

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा

0 20

Advertisement

२५ फागुन, काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा फागुन २७ गतेदेखि चैत १२ गतेसम्म मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौंमा पुग्ने गरी आवेदन दिन सकिने छ । प्रतिकित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधीनमा रही गोप्य शिलबन्दी आवेदन पेश गर्नु पर्नेछ ।

आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ ।

शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १५ हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ । सो भन्दा बढी शेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले १० अंकको गुणाइमा अधिकतम १ लाख ५० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।

शेयरको न्युनतम मुल्य प्रति शेयर ३१५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मुल्य अंकित गरी आवेदन दिनु पर्नेछ । बोलपत्र मार्फत बिक्री गरिने संस्थापक समूहको शेयर बाँडफाँट गर्दा पहिलो प्राथमिकता साविकका संस्थापक शेयरधनीहरुलाई दिइनेछ । त्यसपछि शेयर बाँकी रहेको अवस्थामा सबैभन्दा बढी बोलकबोल गर्ने योग्य बोलपत्रदाताहरुलाई बोलकबोलको मान्यताको आधारमा बिक्री गरिने लघुवित्तले छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.