Advertisement

संसद बैठक स्थगित, सभामुखको निगाहको समय आफूलाई नचाहिने गगन थापाको भनाइ

0 680

Advertisement

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभामुखको निगाहको समय आफूलाई नचाहिने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षका मागको बेवास्ता गर्दै सभामुख देवराज घिमिरे अगाडि बढ्न खोजेपछि कांग्रेसका सांसदहरु उठेर विरोध गरेपछि बोल्ने मौका पाएका थापालाई मात्र तीन मिनेटभित्र आफ्ना कुरा राख्न भनेपछि थापा झोँक्किएका हुन् ।

उनको समय सकिएको भनेर सभामुखले आफूले दिएको ३ मिनेटको समय नाघेर २ मिनेटसमेत थपेको भनेर रोक्न खोजेपछि गाँठी कुरा नै राख्न नदिएपछि महामन्त्री थापाले आफूलाई निगाहको समय नचाहिने भन्दै संसदमा आफूले बोल्ने हक भएको भन्दै सभामुखलाई जवाफ दिएका थिए ।

कांग्रेसले सहकारीको ठगीका विषयमा संसदले छानबिन समिति नबनाएसम्म संसद अगाडि बढ्न नदिने निर्णय गरेको छ ।

सत्ताधारी दलहरु कांग्रेसलाई पेलेरै अगाडि बढ्ने मनस्थिति बनाएपछि कांग्रेस एकढिक्का भएको हो ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै यसको छानबिनका लागि संसदीय समिति बनाउन कांग्रेसले माग गरेको छ ।

कांग्रेसले रविका विरुद्ध आएका यथेष्ट प्रमाण पेश गर्दासमेत सभामुखलेसमेत बेवास्ता गर्दै आएका छन् ।

कांग्रेसको विरोधबीच ४ः२७ बजे स्थगित भएको बैठक १५ मिनेटपछि बैठक बस्ने बताएका छन् ।

यद्यपि सरकार पेलेर जाने मनस्थितिमा रहेपछि यो बैठक आजै बस्ने सम्भावना कम छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.