Advertisement

घटेको सेयर बजारमा ४ अर्ब नाघ्यो कारोबार, उत्पादन समूहमा उच्च गिरावट

0 17

Advertisement

२८ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक घटे पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक १०.५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०८५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम भने ४ अर्ब ८ करोड नाघेको छ । अघिल्लो दिन ३ अर्ब २१ करोडको मात्रै कारोबार भएको थियो ।

९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ८ को स्थिर रह्यो । विकास बैंक र हाइड्रोपावर समूह मात्रै बढे । विकास बैंक ३.७७, हाइड्रोपावर ६ अंक बढे । उत्पादन समूह सबैभन्दा धेरै २.८८ प्रतिशत घट्यो । बैंकिङ ९, फाइनान्स ९, होटल तथा पर्यटन ८८, जीवन बीमा ३०, उत्पादन १६८, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ४२, ब्यापार ४४ र अन्य समूह ०.४१ अंक घटे ।

समाज लघुवित्त र कुथेली बुकरी स्मल हाइड्रोपावरको १० प्रतिशत बढ्यो । त्रिशूली जलविद्युत् ६.७, दोर्दीजलविद्युतको ५ र मायाखोला हाइड्रोपावरको ४.९ प्रतिशत मूल्य बढ्यो । युनिलिभरको मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशत घट्यो । गुराँस लघुवित्तको ७.१३, किसान लघुवित्तको ४.४, एनआईसी एसिया बैंकको ४.१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.