Advertisement

भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन बागमती प्रदेश सरकारबाट स्रोत सुनिश्चित

0 32

Advertisement

२३ माघ, काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माणको काम अगाडि बढ्ने भएको छ। बागमती प्रदेश सरकारले आवश्यक बजेटको स्रोत सुनिश्चित गरेपछि रंगशाला निर्माणको कामले गति लिने भएको हो।

प्रदेश सरकारको मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो। रंगशाला निर्माणका लागि ७५ करोड बराबर बजेट आवश्यक पर्ने भएकामा बागमती प्रदेश सरकारले ७० प्रतिशत रकम बेहोर्ने निर्णय गरेको हो। जसअनुसार रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चित गरिएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिएका छन्।

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण अगाडि बढाएको रंगशाला लामो समयदेखि अलपत्र थियो। रंगशाला निर्माणका लागि आवश्यक बजेट जुटाउन नसकेपछि धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण कार्य अगाडि बढाउन सकेको थिएन।

पछि भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि संघीय र प्रदेश सरकारलाई आग्रह गरेको थियो। गत कात्तिक २१ गते मात्रै बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि सम्झौता भएको थियो। रंगशाला निर्माणका लागि लागि कुल ७५ करोड रुपैयाँको लागत अनुमान गरी बागमती प्रदेश सरकारले ७० प्रतिशत रकम बेहोर्ने सम्झौता भएको थियो।

महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको हो। प्रदेश सरकारले भरतपुर महानगरपालिकालाई रंगशालाको निर्माण कार्यका लागि ठेक्का प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.