Advertisement

प्रोभिजनको भार बढेपछि माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक

0 17

Advertisement

०५ माघ, काठमाडाैं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्थाबाट लगानीकर्तालाई प्रतिफल वितरण गर्न नसक्ने भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विबरण अनुसार जोखिम वापतको व्यवस्थाका लागि ५२ करोडभन्दा बढी रकम प्रोभिजन गरेसँगै वितरणयोग्य मुनाफा ऋणात्मक भएको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा साढे २१ प्रतिशतले घटेको हो ।

ब्याज आम्दानी र व्याज खर्च घटेको बैंकको अन्य शीर्षकका आम्दानीमा आएको गिरावटसँगै सञ्चालन मुनाफा घट्दा खुद नाफामा गिरावट आएको हो । खुद नाफामा आएको गिरावटसँगै बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६४ पैसाबाट १३ रुपैयाँ ८६ पैसामा झरेको छ ।

खुद नाफामा आएको गिरावटसँगै प्रोभिजनमा ठुलो रकम सञ्चित गर्दा पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँले ऋणात्मक हुन पुगेको हो । यो रकमलाई प्रतिसेयरमा रुपान्तरण गर्दा ४ रुपैयाँ २५ पैसाले ऋणात्मक हुन आउँछ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ करोड ८० लाख रुपैयाँ हुँदा प्रतिसेयर वितरणयोग्य मुनाफा २० रुपैयाँ ६३ पैसा थियो ।

पुस मसान्तसम्ममा बैंकले ५२ करोड ९७ दाख ८६ हजार रुपैयाँ प्रोभिजन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५ करोड ४७ लाख ५६ हजार रुपैयाँ मात्र प्रोभिजन गरेको थियो । समीक्षा अवधिमा बैंकले प्रोभिजनमा साढे ४७ करोड रुपैयाँ बढी प्रोभिजन गरेको हो । जसको सिधा असर वितरणयोग्य मुनाफामा परेको हो ।

मूल्य आम्दानी अनुपात १४.६५ गुणाले बढी रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ तथा निष्कृय कर्जा अनुपात २.६२ प्रतिशत छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको निष्कृय कर्जा अनुपात १.४१ प्रतिशत थियो ।

चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड ६६ लाख रुपैयाँ सञ्चित छ ।

गत आर्थिक वर्षको कमाईबाट बैंकले केही महिना अघि मात्र सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.