Advertisement

नेप्सेसँगै कारोबार घट्दा पनि उत्पादन तथा होटलमा लगानीकर्ताको आकर्षण

0 23

Advertisement

१२ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.९३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६८ विन्दुमा कायम भएको छ । दिनभर कुल ४ अर्ब २९ करोडको कारोबार भयो ।यसअघि बुधबार ५ अर्ब २४ करोडको कारोबार भएको थियो ।

समग्र परिसूचक घट्दा पनि होटल र उत्पादन समूह भने राम्रो अंकमा बढे । उत्पादन समूह १.२ प्रतिशत र होटल तथा पर्यटन समूह १.१ प्रतिशत बढ्यो । व्यापार समूह सबैभन्दा धेरै १.७ प्रतिशत घट्यो । बैंकिङ ६, विकास बैंक २९, फाइनान्स ५, जलविद्युत् ६, जीवन बीमा ४२, माइक्रोफाइनान्स ८ र व्यापार समूह ४९ अंक घटे । अन्य १, निर्जीवन बीमा २६, उत्पादन ७५ र होटल तथा पर्यटन समूह ६३ अंक बढे ।

समग्र बजार घट्दा ७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । भिजन लुम्बिनी ऊर्जा, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, मनकामना इन्जिनियरिङ, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र तारागाउँ रिजेन्सीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सोनापुर सिमेन्टको ९.४ र नेपाल रिपब्लिक मिडियाको मूल्य ८.७ प्रतिशत बढ्यो ।

धौलागिरि लघुवित्त तथा बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । उन्नती सहकार्य लघुवित्तको ७ र नेपाल इन्स्योरेन्सको मूल्य ६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.