Advertisement

बीपी राजमार्गमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

0 14

Advertisement

०९ पुस, काठमाडौं । बीपी राजमार्गअन्तर्गत सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। ज्यान गुमाउने दुवै जना मोटरसाइकलमा सवार व्यक्ति हुन्।

सोमबार बिहान ८:१५ बजेतिर बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। रामेछापको मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ घर भएका २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० की १८ वर्षीया मुनाकला राई छन्।

प्रहरीले बसका चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रूपेश अधिकारीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.