Advertisement

रामोसको नाममा बन्यो रेड कार्डको रेकर्ड, सेभिल्ला पराजित

0 39

Advertisement

११ मंसिर, काठमाडौं । रियल मड्रिडका पूर्वकप्तान समेत रहेका भेट्रान स्पेनिस डिफेन्ड रामोसको नाममो रेड कार्डको रेकर्ड बनेको छ।

स्पेनिस ला–लिगामा आइतबार राति भएको रियल सोसिडाडविरुद्धको खेलमा सेभिल्लाका डिफेन्डर रामोसले रेडकार्ड खाएपछि उनको नाममा रेकर्ड नै बनेको छ। दोहोरो पहेँलो कार्डपछि रेडकार्ड खाँदै रामोस ८८औं मिनेटमा मैदानबाट बाहिरिएका थिए।

३७ वर्षीय रामोसको करिअरको यो २९औं रेडकार्ड हो। ला–लिगामा भने उनको यो २१औं रातोकार्ड हो। ला–लिगाको इतिहासमा सबैभन्दा रेडकार्ड खाने खराब कीर्तिमान पनि रामोसले आफ्नो नाममा राखेका छन्।

यसअघि ला–लिगामा २१ रातो कार्ड खाने कीर्तिमान राफायल माक्र्वेजको नाममा मात्रै थियो। अब त्यो सूचीमा रामोस पनि थपिएका छन्। त्यसै फिलिप मेलोले पनि ला–लिगा इतिहासमा २० रेड कार्ड खाएका छन्।

रामोसँगै सेभिल्लाका अर्का खलाडी नाभासले पनि ८८औं मिनेटमा रेडकार्ड खाँदै मैदान बाहिरिएका थिए। २ खेलाडीले रेडकार्ड खाएपछि ९ खेलाडीमा सीमित भएको सेभिल्ला भने रियल सोसिडाडसँग २–१ गोल अन्तरले पराजित भयो।

खेलको तेस्रो मिनेटमै दिमिट्रोभिचको आत्मघाती गोलमा सोसिडाडले अग्रता लिएको थियो। २२औं मिनेटमा सादिकले गोल गरेपछि सोसिडाडलाई अग्रता दोब्बर बनायो।

दोस्रो हाफको ६०औं मिनेटमा सेभिल्लाका एन नेसिरले गोल गरेपछि खेल २–१ को स्थितीमा आएको थियो। बाँकी समय दुबैतर्फबाट गोल नभएपछि सोसिडाडले खेल २–१ गोल अन्तरले जित्यो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.