Advertisement

साहिँली औँलामा नै औँठी किन लगाउने ?

0 95

Advertisement

०५ मंसिर, काठमाडौं । अहिले मंसिरको महिना हो । मंसिरसँगै धेरैको दिमाखमा आउने एउटै कुरा विवाहको सिजन हो । पूर्वीय दर्शनले विवाहलाई सृष्टि क्रम अघि बढाउन स्त्री र पुरुषका बीचमा हुने आत्मनियन्त्रित र मर्यादित सम्झौता मान्दछ । यसै विवाहका लागि नभई नहुने कुरामा पर्छ औँठी ।

नेपाली समाजमा विवाह वा टिकाटालो गर्दा औँलामा औँठी लगाइदिने चलन छ । विशेषतः दुलहा दुलहीले एक अर्काको हातको साइँली औँलामा औँठी लगाइ दिने गर्छन् ।

हातको साहिँली औँलामै किन औँठी लगाइन्छ भन्ने कुरा कतिपयलाई जानकारी नहुन सक्छ । आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

परम्परागत रूपमा नै विवाह बन्धनमा बाँधिएको प्रतीक वा सङ्केत स्वरूप बिहे गर्दा औँलामा औँठी लगाउने चलन चली आएको छ ।

हातको साहिँली औँलामा औँठी लगाइदिँदा सो औँलाको सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको छ ।

जसका कारण विवाहको औँठी सोही औँलामा लगाउँदा श्रीमान् श्रीमतीबीचको सम्बन्ध सुमधुर र मनसँग जोडिने हुन्छ भन्ने मान्यता रहेको छ ।

विवाहको औँठीलाई परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सूत्रका रूपमा लिइन्छ ।

यसैले श्रीमान् श्रीमतीबीच एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रूपमा औँठी लगाइने परम्परा नेपालमा मात्र नभइ युरोपका कयौँ देशहरूमा दायाँ हातको साहिँली औँलामा लगाउने प्रचलन रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.