Advertisement

दाङमा बन्द कोठाभित्र दाजुभाइ मृत फेला, घटना अनुसन्धान गर्दै प्रहरी

0 21

Advertisement

०५ मंसिर, काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका– ६ गाइडहरमा एकै घरका दुई दाजुभाइ बन्द कोठाभित्र मृत फेला परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन्।

उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे। मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए।

मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ।

मंगलबार शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ।

डीएसपी पोखरेलका अनुसार सोमबार साँझ मात्रै उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई आएको हो। एउटै कोठाको दुई खाटमा उनीहरु मृत फेला परेका हुन्।

शव गनाइसकेकाले उनीहरुको दुई तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।

पोस्टमार्टमपछि मात्र दाजुभाइको मृत्युको बास्तविक कारण खुल्ने डीएसपी पोखरेलले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.