Advertisement

च्याम्पियन्स लिग सुरु, पहिलो दिन आठ खेल हुँदै

0 34

Advertisement

०२ असाेज, काठमाडौं । मंगलबारदेखि सिजन २०२३/२४ को युईएफए च्याम्पियन्स लिग सुरु हुँदैछ। नेपाली समयअनुसार मंगलबार राति साढे १० बजेबाट च्याम्पियन्स लिगका खेलहरु सुरु हुँदैछन्।

समूह चरणका खेलहरु १९ सप्टेम्बरदेखि १३ डिसेम्बरसम्म चल्नेछन्। जुन १ मा बेम्बेलीमा फाइनल खेल हुनेछ।

यो अहिलेको ढाँचाका अन्तिम च्याम्पियन्स लिग हो। जहाँ प्रत्येक ४ टोलीमध्ये समूहको शीर्ष २ टोली अन्तिम १६ मा प्रवेश गर्नेछन्।

अर्को सिजनबाट भने ३२ बाट ३६ टोली समावेश गराइनेछ। ती सबैले ८ खेल खेल्नेछन्। त्यो पनि आठ फरक विपक्षीसँग। यी सबै खेलहरु होम एण्ड अवेको आधारमा खेलाइनेछ।

पहिलो दिन मंगलबार ८ वटा खेलहरु हुनेछन्। आज हुने खेलहरुमध्ये फ्रेन्च क्लब पीएसजी र जर्मन क्लब बोरुसिया डर्टमण्डबीच हुने खेललाई निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ।

यस्तो छ आज हुने खेलहरु नेपाली समयमा
एसी मिलान भर्सेस न्युक्यास्टल (राति साढे १० बजे)
योङ ब्वाईज भर्सेस आरबी लेइपजिग (राति साढे १० बजे)
फेनिवुर्ड भेर्सेस सेल्टिक (राति पौने १ बजे)
म्यानचेस्टर सिटी भर्सेस रेड स्टार बेलग्रेड (राति पौने ११बजे)
आजिओ भर्सेस एथ्लेटिको मड्रिड (राति पौने १ बजे)
पीएसजी भर्सेस बोरुसिया डर्टमण्ड (राति पौने १ बजे)
बार्सिलोना भर्सेस रोयल एन्टवर्प (राति पौने १ बजे)
शाख्तर डोनेस्क भर्सेस एफसी पोर्तो (राति पौने १ बजे)



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.