Advertisement

साउदी क्लब अल हिलालमा आबद्ध भएपछि नेयमारले भने– खेलको नयाँ इतिहास लेख्न चाहन्छु

0 36

Advertisement

३१ साउन, काठमाडौं । साउदीको प्रो–लिग क्लब अल हिलालले नेयमारलाई सार्वजनिक गरेको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अनुबन्धन गरेका आफ्ना स्टारलाई बुधबार क्लबले सार्वजनिक गरेको हो।

ब्राजिलका ३१ वर्षीय फरवार्डलाई भित्र्याउन पीएसजी र अल हिलालबीच ९० मिलियन युरोको सम्झौता भएको बताइएको छ। अल हिलालसँग २ वर्षको सम्झौताबाट नेयमारले त्यस अवधिमा कुल १६ करोड युरोभन्दा बढी कमाइ गर्ने बताइएको छ।

अल–हिलालले सार्वजनिक गरेको भिडियोमा नेयमारले भनेका छन्, ‘म साउदी अरेबियामा छु, म हिलाली हुँ। मैले युरोपमा धेरै हासिल गरेँ र त्यहाँ धेरै विशेष समय बिताएँ। तर म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्थेँ। नयाँ चुनौती र अवसरहरूमा आफूलाई परीक्षण गर्न म यहाँ आइुपुगेको छ। म खेलको नयाँ इतिहास लेख्न चाहन्छु।’

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका थिए।

पीएसजीमा रहँदा नेयमारले १७३ खेल खेले भने क्लबलाई १३ वटा उपाधि दिलाए। जसमा ५ वटा लिग वान छन्। उनकै प्रदर्शनमा पीएसजी सन् २०२० को च्याम्पियन्स लिगको फाइनलमा पुगे पनि उपविजेतामै सीमित भएको थियो।

बार्सिलोनाका पूर्वखेलाडी नेयमारको गत मार्चमा शल्यक्रिया गरिएको थियो। जसकारण उनले बाँकी पूरै सिजन गुमाएका थिए। उनले जुलाईबाट मात्रै प्रशिक्षण सुरु गरेका थिए।

उनले सन् २०२२ को कतार विश्वकपमा ब्राजिलका तर्फबाट २ खेल गुमाएका थिए। खुट्टामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए।

आफ्नो दायाँ खुट्टाको लिगामेन्ट च्यातिएपछि उनले सन् २०१९ को कोपा अमेरिका पनि गुमाएका थिए। सन् २०२१ मा पनि चोटका कारण उनी केही हप्ता मैदानबाट बाहिरिएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.