Advertisement

कम्युनिटी शिल्डमा भिड्दै आर्सनल र म्यानचेष्टर सिटी

0 21

Advertisement

२१ साउन, काठमाडौं । प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु हुनुअघि हुने कम्युनिटी शिल्डको उपाधिका लागि आर्सनल र म्यानचेष्टर सिटी भिड्दैछन् ।

प्रिमियर लिग र एफ कप च्याम्पियनले नयाँ सिजनअघि यो खेल खेल्छन् । तर सिटीले प्रिमियर लिग र एफए कप दुवै जितेकाले लिगमा दोस्रो भएको आर्सनलले सिटीसँग कम्युनिटी शिल्ड खेल्न लागेको हो ।

खेल लण्डनस्थित वेम्बली स्टेडियममा आइतबार राति नेपाली समय अनुसार ८:४५ बजे सुरु हुनेछ ।

कम्युनिटी शिल्डका लागि मैदान उत्रँदा आर्सनल फेरि एकपटक प्रिमियर लिग उपाधिमा सिटीलाई चुनौती दिनका लागि आफूलाई प्रमाणित गर्न प्रतिबद्ध छ ।

गत सिजन अधिकांश समय लिगमा शीर्ष स्थानमा रहेर पनि आर्सनलले उपाधि जित्न सकेन । आर्सनलले २४८ दिन सिटीमाथि आग्रता बनाए पनि उपाधि जित्न भने चुकेको थियो ।

नयाँ सिजनअघि आर्सनलले मिडफिल्डर डेक्लान राइसलाई वेष्टहमबाट अनुबन्ध गरेको छ ।

यस्तै जर्मन काई हाभार्ट पनि चेल्सीबाट आर्सनल पुगेका छन् । यस्तै अयाक्सबाट डिफेण्डर जुरियन टिम्बर पनि आर्सनल पुगेका छन् ।

सिटीले भने चेल्सीमा माटेओ कोभासिस र आरबी लाइपजिगबाट क्रोसिएन डिफेण्डर जस्को भार्डिओललाई अनुबन्ध गरेको छ ।

प्रिसिजनमा भने दुवैले मिश्रित नतिजा निकालेका छन् । जापान र दक्षिण कोरिया भ्रमण गरेको सिटीले योकोहामा एफ मारिनोस र बायर्न म्युनिखलाई पराजित गर्दा एट्लेटिको मड्रिडसँग पराजित भएको थियो ।

अमेरिका भ्रमणमा आर्सनलले जर्मन क्लब एफसी नुनवर्गसँग पहिलो खेल बराबरी खेल्दा वासिङटनमा एमएसएल अल स्टार टिमलाई ५-० ले पराजित गरेको थियो । त्यसपछि म्यानचेष्टर युनाइटेडसँग २-० ले पराजित आर्सनलले बार्सिलोनालाई ५-३ ले हराएको थियो ।

आर्सनलका लागि प्रि सिजनमा लिएन्ड्रो ट्रोसार्डले सर्वाधिक ३ गोल गरे । नयाँ अनुबन्ध भएका हाभार्टले दुई गोल गरे ।

प्रिमियर लिगको गोल्डेन बुट अवार्ड विजेता एर्लिङ हालान्डले सिटीका लागि २ गोल गरे । उपाधि होडमा सिटीका लागि सबैभन्दा फाइदा उनै हालान्ड रहनेछन् । नर्वेजियन अन्तर्राष्ट्रिय खेलाडी हालान्डले सिटीमा पहिलो सिजन खेल्दा नै धेरै कीर्तिमान बनाएका थिए ।

उनले लिगमा ३६ खेलमा ३५ गोल गर्दा सबैखाले खेलमा सिटीका लागि ५३ खेलमा ५२ गोल गरेका थिए ।

आर्सनलका लागि हालान्ड जस्तै खेलाडी नभएपनि गाब्रीएल मार्टिनेली र कप्तान मार्टिन ओडेगार्डले लिगमा सर्वाधिक १५ गोल गरेका थिए ।

आर्सनलले गत सिजन लिगमा क्लब कीर्तिमानी ८८ गोल गर्दा १६ फरक खेलाडीले गोल गरेका थिए । आर्सनलका म्यानेजर मिकेल आर्टेटाले हरेक ट्रफीका लागि फाइट गर्ने आफूहरुको चाहना नै यही रहेको बताएका छन् । उनले क्लबले त्यसलाई प्रमाणित गर्नुपर्ने बताए ।

गत सिजन उपाधि जित्नका लागि प्रयास पर्याप्त नभएको भन्दै उनले ठूलो ट्रफी जित्न अझ राम्रो गर्नुपर्ने बताए । सिटीका म्यानेजर पेप ग्वार्डिओलाले अहिलेको अवस्था बारे आफूहरु जानकार रहेको भन्दै मानसिक रुपमा तयार हुनुपर्ने बताए । उनले आफूहरु अहिले राम्रो अवस्थामा नरहेको र मानसिक अवस्थाले खेलमा प्रतिस्पर्धा गर्न र उपाधि जित्न सहयोग गर्ने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.