Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरण: सानु भण्डारी र केशव दुलाललाई नख्खु कारागार सारियो

0 26

Advertisement

१५ असार, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको मुद्दाको पुर्पक्षका लागि केन्द्रीय कारागार रहेका दुई अभियुक्तलाई अर्को कारागार सारिएको छ।

यो प्रकरणमा जोडिएका तथा मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलाललाई केन्द्रीय कारागारबाट ललितपुरस्थित नख्खु कारागार सारिएको हो।

केन्द्रीय कारागारका जेलर ललित बस्ननेतले उनीहरु २ जनालाई गत मंगलबार नख्खु कारागार पठाइएको नेपाल लाइभलाई जानकारी दिए। शान्ति सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले नै उनीहरुलाई नख्खु कारागार पठाउने आदेश दिएपछि नख्खु पठाइएको स्रोतले जनाएको छ।

प्रहरीले गरेको अनुसन्धानअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरु मुख्य योजनाकार हुन्। उनीहरुकै बयानबाट भीआईपीहरु पक्राउको बाटो खुलेको थियो। सबै जनालाई एउटै कारागारमा राख्दा सुरक्षा चुनौती हुने भएपछि गृह मनत्रालयको निर्देशनमा उनीहरुलाई अर्को कारागार सारिएको हो।

यो प्रकरणमा पक्राउ परेर अदालतको आदेशपछि १६ जना कारागार चलान भएका थिए। उनीहरु सबैलाई केन्द्रीय कारागार पठाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमराज न्यौपानेको इजलासले आदेश दिएको थियो। त्यसपछि सबैजना केन्द्रीय कारागार चलान भएका थिए। ती मध्ये दुलाल र भण्डारीलाई नख्खु कारागार पठाइएको हो। बाँकी १४ जना केन्द्रीय कारागारमै छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.