Advertisement

ज्यान मार्ने धम्की आएपछि ‘आदिपुरुष’ निर्देशकलाई प्रहरी सुरक्षा

0 25

Advertisement

०८ असार, काठमाडौं । भारतमा ‘आदिपुरुष’ विवाद तत्काल रोकिने सम्भावना छैन । निर्माताले संवादमा परिवर्तन गरेको बताएपनि संवाद लेखक तथा गीतकार मनोज मुन्ताशिरदेखि निर्देशक ओम राउत विवादमा मुछिएका छन् । अवस्था यस्तो छ कि मुन्तासिरपछि अब निर्देशक राउतलाई पनि जनताको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै ज्यान मार्ने धम्की आउन थालेको छ ।

ज्यान मार्ने धम्की आएपछि राउतले प्रहरीसँग सहयोग मागेपछि उनलाई प्रहरी सुरक्षा दिएको बलिउड हंगामाले जनाएको छ । स्रोतलाई उध्दृत गर्दै उक्त पोर्टलले लेखेको छ, ‘राउतको कार्यालयमा चार जना हवल्दार र एक हतियारधारी प्रहरी साथमा छन् । तर, विवाद र धम्कीका कारण निर्देशकले प्रहरी सुरक्षा मागेका हुन् वा प्रहरीले नै सुरक्षा दिएका हुन् भन्ने खुल्न सकेको छैन । मनोज मुन्तासिरसँगै ओम राउतलाई पनि ज्यान मार्ने धम्की आएको बताइएको छ ।’

‘आदिपुरुष’मा प्रभासले भगवान राम, कृति सेनोनले सीता माता, सन्नी सिंहले लक्ष्मण, देवगत नागेले हनुमानजी र सैफअली खानले रावणको भूमिका निर्वाह गरेका छन् । जुन १६ मा रिलिज भएको ‘आदिपुरुष’ ठूलो बजेटको भारी भीएफएक्स फिल्म हो, जसलाई दर्शकले ठाडै अस्वीकार गरेका छन् । फिल्मको पहिरनदेखि अभिनय, निर्देशन र विशेषगरी संवादलाई लिएर दर्शकले आपत्ति जनाएका छन् ।

फिल्मका निर्माताले उनीहरुको धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाइएको छ । विवाद यतिसम्म चर्किएको छ कि जनताले तत्काल फिल्मको प्रतिबन्धको माग गरेका छन् । यसैबीच, फ्री प्रेस जर्नलको रिपोर्ट अनुसार क्षत्रिय कर्णी सेनाका राष्ट्रिय अध्यक्ष डा राज शेखावतले मध्य प्रदेशमा पत्रकार सम्मेल गर्दै निर्देशकको ज्यान लिने बयान दिएका छन् । उनले यसका लागि टोली निर्माण गरिरहेको समेत बलिउड हंगामाले जनाएको छ ।

तर, लेखक मुन्तासिरले आदिपुरुषको विवादबारे आफूहरुको उद्देश्य भगवान श्रीरामको महाकाव्य कथा र सनातन धर्मको कथालाई बालबालिकासम्म पुर्‍याउने उद्देश्य रहेको तर्क राखेका छन् । उनी भन्छन्, ‘ फिल्मले जे गर्नुपर्छ त्यही गरिरहेको छ । बच्चाले उनीहरूको वास्तविक नायकलाई चिन्छन् । हामी यस्तो युगमा बाँचिरहेका छौं जहाँ एक्सपोजर धेरै उच्च छ । हलिउडका पात्रले बच्चाको हृदय र दिमागमा राज्य गरिरहन्छन् । बच्चाले हल्क र सुपरम्यानलाई चिन्छन् तर हनुमान र अंगदलाई चिन्दैनन् । हाम्रा पात्र बालबालिकासम्म पनि पुगोस् भन्ने हाम्रो प्रयास थियो । युवा समुहमा परेकाहरुले पनि यो फिल्म हेर्नुपर्छ ।’

नेपालमा भने लेखक मुन्तशीरको अभिव्यक्तिलाई लिएर तीव्र विरोध भैरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.