Advertisement

मिथुन चक्रवर्तीः १८० फिल्म फ्लप, स्टारडम हिट

0 15

Advertisement

२३ चैत, मुम्बई । बलिउडका हरेक स्टारले सफलता र असफलताको समय देखेका छन् । शाहरुख खानदेखि लिएर अक्षय कुमार हुँदै सलमान खानसम्म आइपुग्दा अधिकांश फिल्म हिट भए पनि कुनै समय उनीहरुले करिअरको खराब अवस्थाको पनि सामना गरे ।

यद्यपि बलिउडमा यस्ता कम स्टार पनि छन्, जो असफलताको असर आफ्नो स्टारडमलाई पर्न दिएका छैनन् । आफ्नो करिअरमा झण्डै १ सय ८० वटा फ्लप फिल्म दिए पनि ‘डिस्को डान्सर’ अभिनेता अर्थात् मिथुन चक्रवर्तीले आफ्नो स्टारडमलाई फ्लप हुन दिएका छैनन् ।

मिथुनले बलिउडमा आफ्नो नाममा सबैभन्दा बढी फ्लप फिल्म दिने अभिनेताको रेकर्ड बनाएका छन् । सन् १९८० देखि ९० को दशकमा मिथुनले बलिउडमा एकछत्र राज गर्दा पनि उनले फ्लप फिल्मको संख्या उत्तिकै दिए । हरेक वर्ष उनको एक दर्जन फिल्म रिलिज हुन्थ्यो ।

उनले करिअरमा २ सय ७० बढी फिल्ममा काम गरे, जसमा १ सय ८० त फ्लप नै भए । सबैभन्दा बढी फ्लप फिल्म दिने अभिनेताको नाममा जितेन्द्र दोस्रो नम्बरमा पर्छन् । उनी अभिनीत १ सय १ फिल्म फ्लप छन् ।

९० को दशकको अन्तिम समयमा मिथुनका लगातार ३३ फिल्म फ्लप भए । फिल्म फ्लप भए पनि उनको स्टार स्टाटसमा कुनै असर परेन । उनले आफ्नो करिअरमा ५० हिट फिल्म, ३ ब्लकबस्टर र ९ सुपरहिट फिल्म पनि दिए ।

५० हिट फिल्मका अलावा उनले ७ औसत फिल्म पनि दिए । रोचक कुरा के छ भने मिथुनका फ्लप भएका फिल्म प्रायः कम बजेटका थिए । त्यसकारण अधिकांश निर्माताले खासै घाटा बेहोरेनन् । किनकी उनीहरुले त्यसको भरपाई गरिसकेका थिए ।
अहिले मिथुन अधिकांश फिल्ममा सहायक चरित्रमा देखिन्छन् । उनले टेलिभिजनमा डान्स रियालिटी शोमा निर्णायकको भूमिका खेल्दै आएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.