Advertisement

प्लास्टिकजन्य पदार्थको विकल्प खोज्नुपर्छ : स्वास्थ्यमन्त्री

0 22

Advertisement

२२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थको विकल्पको खोजि गर्नुपर्ने बताएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपालले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्लास्टिक प्रदूषणको समाधानका लागि यसको विकल्पको खोजि गर्नुपर्ने बताएका हुन् ।

उनले प्लास्टिकजन्य पदार्थको विकल्पको बिषय एउटा देशले मात्रै गरेर नहुने भन्दै सार्क राष्ट्र लगाएतका देशले सामुहिक प्रयास गर्नुपर्ने बताए ।

उनले प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विगतदेखि नै आवश्यक नीति, रणनीतिका साथै कार्ययोजना पनि बनाउँदै जानकारी दिए । प्लास्टिक प्रदूषणको समाधानका लागि आवश्यक प्रचार प्रसारका साथै प्रयोगको न्यूनिकरणका लागि आवश्यक नीति बनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा सहभागीहरुले प्रदूषण हुने उत्पादनलाई निरुत्साहित गर्ने कार्यमा सहयोग गर्नका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.