Advertisement

१० बैंकको ऋण पोर्टफोलियो मूल्याङ्कन गर्न ‘सर्टलिस्ट’मा परे ५ अन्तर्राष्ट्रिय लेखापरीक्षक

0 21

Advertisement

१८ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा शर्तअनुसार नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक ‘सर्टलिस्ट’मा परेका छन् ।

नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका हुन् । नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एण्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एण्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एण्ड कम्पनी सर्टलिस्टमा परेका छन् ।

राष्ट्र बैंकले तोकेको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने ५ लेखापरीक्षक फर्म सर्टलिस्टमा छनोट भएका हुन् । फर्मको योग्यताको आधार, अनुभव र क्षमताका आधारमा सर्टलिस्ट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अहिले छानिएकालाई प्रस्ताव पेस गर्न राष्ट्र बैंकले केही समयपछि सूचना जारी गर्नेछ । सन् २०२१ डिसेम्बर २२ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलकको तर्फबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए । ३८ महिनाको लागि ईसीएफअन्तर्गत नेपाललाई ३९ करोड ८८ लाख डलर सहयोग प्राप्त हुन्छ । यहीं सुविधा लिनका लागि अन्तर्राष्ट्रिय अडिट फर्मले नेपालका १० ठूला बैंकको ‘एसेट्स क्वालिटी रिभ्यु’ गर्ने शर्त उल्लेख थियो ।

त्यस्तै मार्च २०२३ भित्र १० ठूला बैंकको स्थलगत निरीक्षण भइसक्ने उल्लेख छ । सम्पत्तिको आधारमा ठूला १० वटा बैंकको ‘ऋण पोर्टफोलियो रिभ्यु’ हुनेछ । तर, विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यान्वयन गत वर्ष भएको ढिलाइसँगै धकेलिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.