Advertisement

पर्वतको थापाठानाका ६०० घरपरिवारलाई विद्युतीय चुलो वितरण

0 12

Advertisement

१८ वैशाख, पर्वत । फलेवास नगरपालिका–२ थापाठानाका ६०० घरपरिवारलाई विद्युतीय चुलो (इन्डक्सन) वितरण गरिएको छ ।

प्रदूषणरहित भान्सा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिएको हो ।

नियमित बसोबास रहेका सबै घरपरिवारलाई एक/एक थान इन्डक्सन वितरण गरिएको फलेवास–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रमबीच रोटरी क्लब अफ पोखरा फिस्टेललगायत संस्थाको सहयोगमा विद्युतीय चुलो वितरण गरिएको थियो ।

सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिएसँगै वडा नं २ लाई प्रदूषण मुक्त भान्सासहितको वडा घोषणासमेत गरिएको छ ।

वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा थापाठाना गाउँमा विद्युतीय चुलो वितरण गरेको रोटरी क्लब अफ पोखरा फिस्टेलका डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइरालाले जानकारी दिए ।

चुलोसँगै यसमा प्रयोग गर्न मिल्ने भाँडा पनि वितरण गरिएको छ । वितरण गरिएका चुलो र भाँडाको मूल्य करिब ६० लाख रहेको कोइरालाले बताए ।

ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष रामहरि श्रेष्ठले प्रदूषणमुक्त समाजका लागि विद्युतीय चुलोको भरपुर उपभोग गर्न आग्रह गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.