Advertisement

केएमसी अस्पतालका डाक्टरमाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

0 13

Advertisement

१८ वैशाख, काठमाडौं। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघका अनुसार सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा. डा. बिनिता प्रधान र डा. पूजा शाहमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो ।

‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्तिमा भनेका छन् ।

उपचारमा कुनै त्रुटि भएको शंका लागे कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि कुटपिट र तोडफोड गर्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने संघले बताएको छ ।

संघले चिकित्सकमाथि कुटपिटमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को पहिलो संशोधन २०७९ अनुसार कारबाही गर्न पनि माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.