Advertisement

मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई बुझाए १० प्रतिशत शय्या छुट नदिने ६८ अस्पतालको सूची

0 13

Advertisement

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले नियमानुसार कुल शय्यामध्ये १० प्रतिशत शय्या छुट सुविधा नदिने ६८ वटा अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बुझाएका छन्।

मेयर शाहले मंगलबार मन्त्री बस्नेतलाई भेटेर सूची बुझाउँदै कारबाहीको दायरामा ल्याउन आग्रह गरेका हुन्। मेयर शाहले कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पताललाई मन्त्रालयले कारबाही नगरे महानगरपालिका आफैं अग्रसर हुने समेत बताएका छन्।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को अटेर गर्ने काठमाडौं महानगरपालिकाभित्रका ती अस्पतालाई ७ दिनभित्र कारबाहीको दायरामा नल्याइए महानगर आफैं अग्रसर हुने मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जानकारी दिएका छन्।

मन्त्रीले छुट सुविधा नदिने अस्पतालहरुलाई कानुनी दायरमा नल्याए त्यस्ता अस्पतालको प्रशासन बन्द गरिने मेयर शाहको चेतावनी छ।

‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ। स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुनअनुसार नागरिकले पाउने स्वास्थ्यसम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउनेतर्फ मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौं महानगरपालिकाले छुट सुविधासम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरणअनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौं। यदि मन्त्रीज्यूले ७ दिनभित्र अस्पताललाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं,’ मेयर शाहले फेसबुकमा लेखेको छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.