Advertisement

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति

0 20

Advertisement

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण अघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। भेटमा प्रधानमन्त्री प्रचण्डले वुधबारदेखि हुने आफ्नो ४ दिने भारत भ्रमणबारे जानकारी गराएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गरिने सहमती र आफ्नो तयारीबारे पनि राष्ट्रपतिलाई ब्रिफिङ गरेका छन्। प्रधानमन्त्रीसहित ८८ जनाको टोली बुधबार भारत भ्रमणमा जाँदै छ।

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ४ दिने औपचारिक भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो काठमाडौंबाट दिल्ली प्रस्थान गर्नेछन्। परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिएको थियो।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतसँग दीर्घकालीन उर्जा व्यापारका विषयमा सम्झौता हुने बताएका छन्। भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची तय भएको मन्त्री साउदले जानकारी दिए।

परराष्ट्रमन्त्री साउदका अनुसार दीर्घकालीन रूपमा बिजुलीको व्यापार गर्न सकियोस् भन्ने बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र एउटा निष्कर्ष निस्कने विश्वास छ। यस्तै, महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल पुल तथा केही झोलुङ्गे पुल निर्माणका बारेमा पनि सहमति हुनेछ।

नेपाल र भारतका बीचमा रहेको व्यापार घाटालाई कम गर्ने तथा कृषि उपजलाई विना अवरोध भारतीय बजारमा प्रवेश गराउने विषयमा पनि महत्त्वपूर्ण सहमति गर्ने तयारी छ। उच्च राजनीतिक तहमा विश्वासको वातावरण तयार पार्दै सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सवालमा भारत भ्रमण फलदायी हुने विश्वास लिइएको परराष्ट्रमन्त्री साउदको भनाइ छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.