Advertisement

सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीले भेट्यो प्रधानमन्त्री

0 9

Advertisement

१० जेठ, काठमाडौं । विकासको सूचकांकलाई हेरेर स्रोतमाथि सुदूरपश्चिमको विशेषाधिकार दाबी गर्न काठमाडौं आएको सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि केन्द्र सरकारले बजेट निर्माणको अन्तिम तयारी गरिरहँदा सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतासहितको टोली ठूला तथा गौरवका आयोजनाका लागि बजेट सुनिश्चित गर्न अहिले काठमाडौंमा छ।

मुख्यमन्त्री कमल शाह नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर निश्चित केही वर्ष वा केही सूचक निर्धारण गरेर त्यसअनुसार स्रोतमाथि सुदूरको विशेषाधिकार प्रदान गर्न माग गरेको छ। हाल सञ्चालनमा रहेका तथा तर्जुमा भएका ठूला र गौरवका आयोजनामा बजेट सुनश्चित गर्न माग गरेको हो ।

भेटका क्रममा कैलालीको गेटामा रहेको मेडिकल कलेजमा मेडिकल विश्वविद्यालय सञ्चालनका विषयमा पनि छलफल भएको जनाइएको छ।

मुख्यमन्त्री शाह नेतृत्वको टोलीले मंगलबार अर्थमन्त्री प्रकाशशरण महतलाई पनि भेटेको थियो।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले स्रोतमाथि विशेषाधिकार प्रदान गर्ने सन्दर्भमा प्रदेश सभाबाट जेठ ६ गते भएको निर्णयबारे पनि जानकारी दिन र बजेट तथा स्रोतको सुनिश्चित गर्न मुख्यमन्त्री सहितको टोली काठमाडौं आएको जानकारी दिए।

उनले भने, ‘निश्चित केही वर्ष वा केही सूचक निर्धारण गरेर त्यसअनुसार स्रोतमाथि सुदूरको विशेषाधिकार प्रदान गर्न सुदूरपश्चिम प्रदेश सभाले जेठ ६ गते सर्वसम्मत निर्णय गरिसकेको छ। यसको जानकारी दिन तथा स्रोतमाथि विशेषाधिकार दाबी गर्न सुदूरपश्चिम प्रदेश सभाको टिम काठमाडौं आएका छौं,’ उनले भने।

‘संघीय सरकारका नजरमा हाम्रो सुदूरपश्चिम उपेक्षित भयो, बहिस्करणमा पर्‍यो, स्रोतको पहुँचमा कमजोर बनाइयो र समग्र विकास सूचकांकमा पछाडि भयो। सुदूरको समग्र विकास अरु प्रदेशभन्दा कमजोर हुनु हाम्रो मात्रै दोष होइन, यो समग्र राज्य व्यवस्थाको विभेदकारी नीति र कार्यक्रमको उपज हो,’ मन्त्री शाहीले भने, ‘सुदूरपश्चिमको विकासको विषयमा संघीय सरकारले विशेष प्राथमिकता र स्रोत वितरणमा क्षतिपूर्ति पाउनुपर्छ भन्ने हाम्रो दाबी रहन्छ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.