Advertisement

१६ औं योजनाको लक्ष्यः कुल गार्हस्थ्य उत्पादन १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्‍याउने

0 6

Advertisement

०२ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ।

बुधबार राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनाको लक्ष्यहरु सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य जनाएको हो।

आयोगले पञ्चवर्षिय योजनामा २०८०/०८१ मा ५७ खर्ब माथि पुग्ने अनुमानका आधारमा २०८५/८६ सम्म जीडीपी १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको आयोगका प्रवक्ता यमलाल भुसालले बताए। उनले आर्थिक वर्ष २०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य १६ औं योजनाले लिएको बताए।

उनले १६ औं योजनामा औषत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको बताए। आगामी आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६, २०८३/८४ मा ७.४, २०८४/८५ मा ७.९ र २०८५/८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने लक्ष्य १६ औं योजनाले लिएको उल्लेख गरे।

उनले नेपालीको १ हजार ४५६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा आगामी पाँच वर्ष अर्थात आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने गरी प्रतिव्यक्ति आय बढ्ने लक्ष्य राखिएको बताए।

यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य लिएको पनि बताए। १६औं योजनाले मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औषत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्‍याउने, बेरोजगारी दर ५ प्रतिशतमा सिमित गर्ने १६ औं योजनाको लक्ष्य राखेको छ।

उनले १६औं योजनाले विद्युत उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य लिएको पनि बताए। त्यस्तै कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पुर्‍याउने लक्ष्य योजनाले राखेको छ। १६ औं योजनामा आगामी पाँच वर्षमा सार्वजनिक,निजी र सहकारी गरी २.६ प्रतिशतले लगानी बढाउने लक्ष्य राखेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.