Advertisement

सडक सुरक्षासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव संसद्‌मा दर्ता

0 7

Advertisement

२ जेठ, काठमाडौं । सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ ।

नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पा प्रस्तावक रहेको प्रस्ताव बुधबार राष्ट्रिय सभामा दर्ता भएको हो ।

प्रस्तावको समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा, नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, एमालेकी भगवती चौधरी, एकीकृत समाजवादीकी मदनकुमारी शाह, जनता समाजवादी पार्टीका मोहम्द खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह समर्थक रहेका छन् ।

प्रस्तावमा सवारी चालक अनुमति पत्र दिनुअघि सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी दिनुका साथै सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यातायातमैत्री सडक पूर्वाधार, सुरक्षा सतर्कता, सवारीसम्बन्धी कानुनको पालनामा कडाइ गर्नुपर्ने पनि जनाइएको छ । त्यसका साथै सडक दुर्घटनाका घाइतेको उपचारलाई स्वास्थ्य बीमाको अंगका रूपमा व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रस्तावमा सडक सुरक्षाका उपकरण र प्रविधि जडान गर्नुपर्ने व्यवस्था मिलाउनुको साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको यातायात क्षेत्र सुरक्षित भएको सन्देश प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.