Advertisement

मधेशमा सत्तारुढ गठबन्धनको बैठक सुरु

0 25

Advertisement

०८ जेठ, काठमाडौं । मधेश सरकारमा मन्त्रालय भागबण्डाको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार दिउँसो साढे २ बजे सुरु भएको बैठकमा मन्त्रिपरिषद विस्तारको विषयमा छलफल हुने सत्ता गठबन्धनका एक नेताले बताए ।

राष्ट्रपति चुनावपछि काठमाडौंमा फेरिएको सत्ता समीकरणपछि २२ चैतमा नेकपा एमालेले सरकार छाडेको थियो । त्यसपछि मधेश सरकारका ४ वटा मन्त्रालय खाली छ ।

मुख्यमन्त्रीले हालै मन्त्रालयहरुको पुनर्संरचना र कार्यक्षेत्र हेरफेर पनि गरेका छन् । जसले गर्दा मन्त्रिपरिषदमै रहेका ४ मन्त्री मन्त्रालयविहीन छन् ।

मुख्यमन्त्री सरोजकुमार यादव निकट स्रोतका अनुसार मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयबाहेकका अरु मन्त्रालयहरुको कार्यक्षेत्र हेरफेर गरेर मन्त्रालयहरु फेरि पुनर्संरचना हुन सक्नेछ ।

मधेशमा सत्तारुढ गठबन्धनले नेतृत्वमा आलोपालो गर्ने सहमति गरेको थियो । पहिलो पालोमा भने जसपाले नै सरकारको नेतृत्व गर्ने सहमति भएको दलहरुले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.