Advertisement

वैशाखमा साढे ५४ हजार नेपाली विदेशीय, उच्च दक्षता भएका १६ जना

0 36

Advertisement

८ जेठ, काठमाडाैं । गत वैशाख महिनामा वैदेशिक रोजगारीका लागि ५४ हजार ४५७ जना नेपालीले श्रम स्वीकृति लिएका छन्। यो पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको संख्या हो ।

वैदेशिक रोजगार विभागका अनुसार वैशाखमा ४९ हजार ५ सय ९ पुरुष र ४ हजार ९ सय ४८ जना महिला गरी कुल ५४ हजार ४ सय ५७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

गत महिना विभिन्न युरोपियन मुलुकहरू, खाडी मुलुक तथा दक्षिण कोरिया लगायत ९० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्।

उक्त महिना उच्च दक्षता भएका १६ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै व्यवसायिक कामका लागि ९२, अर्ध दक्ष ४ हजार ९१५, दक्ष ३७ हजार ९९१ जना र अदक्ष ११ हजार ४४३ जनाले श्रम स्वीकृति लिएका छन्।

वैशाख महिनामा नयाँ श्रम स्वीकृति लिने नेपालीको संखया ३३ हजार ४ सय ४० जना रहेको छ । जसमा ३ हजार ६ सय १९ जना महिला र २९ हजार ८ सय २१ पुरुष रहेको विभागले जनाएको छ ।

मलेसिया जाने सबैभन्दा धेरै

वैशाखमा सबैभन्दा धेरै १६ हजार २६५ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन्। त्यस्तै साउदीका लागि ८ हजार ६८१, कतारका लागि १० हजार २३० र युएई ९ हजार ४८३ जना तथा दक्षिण कोरीयका लागि २ हजार ५७४ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै कुवेतका लागि २ हजार १ सय १० जनाले श्रम स्वीकृति लिएका छन् । रोमानीयका लागि १ हजार ६०६, जापनका लागि ८१७, बहराइनका लागि ५ सय ५, साइप्रसका लागि ४६०, क्रोएसियाका लागि ४ सय ७१, माल्टाका लागि २ सय ५७, पोल्याण्डका लागि ६ सय ३५, युकेका लागि १५८ तथा अमेरीकाका लागि २९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

धेरै नेपालीहरू मजदुरका रूपमा वैदेशिक रोजगारीमा गएको देखिन्छ। कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेका छन्।

म्यानपावरमार्फत् नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से, र परामर्शदाता लगायतका रूपमा पनि जाने गरेका छन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.