Advertisement

एक वर्षमा ७ लाख बढीले लिए श्रम स्वीकृती, चैतमा मात्रै ७१ हजार विदेशिए

0 8

Advertisement

०९ वैशाख, काठमाडाैं । वैदेशिक रोजगारीको लागि एक वर्ष (२०८० को बैशाख देखि चैत) सम्म ७ लाख बढीले श्रम स्वीकृति लिएका छन् । देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा एक वर्षमा ७ लाख ११ हजार ३४२ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् ।

२०८० सालको वैशाखमा ५४ हजार ४५७ जना र जेठमा ५९ हजार ४ जनाले ४२ जनाले स्वीकृति लिएका छन् । विभागका अनुसार असारमा ५५ हजार २ सय ९९ जना, साउनमा ५५ हजार ५ सय ७५ जना, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार दुई सय ३५ जनाले श्रम स्वीकृती लिएका छन् ।

यस्तै कात्तिकमा ४३ हजार ६ सय २२ जनाले श्रम स्वीकृती लिएका छन् भने मङ्सिरमा ७१ हजार दुई सय ७६ जनाले स्वीकृती लिएका छन् । यो वर्ष सबैभन्दा धेरै मंसिरमा बाहिरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यसैगरी, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७ र फागुनमा ६५ हजार छ सय ५८ जना, र चैतमा ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चैतमा श्रम स्वीकृति लिनेमा ६४ हजार २४१ जना पुरुष रहेका छन् भने ६ हजार ६९२ महिला रहेको विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृती र पुन श्रम स्वीकृती लिनेको संख्या हो । चैत महिनामा ४२ हजार ४९० जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २८ हजार ४४३ जनाले पुनः श्रम स्वीकृती लिएका छन् । नयाँ श्रम स्वीकृती लिनेमा ३७ हजार ७७० जना पुरुष छन् भने ४ हजार ७२० जना महिला रहेका छन् ।

प्रमुख गन्तव्य युएई

चैतमा सबैभन्दा धेरै १७ हजार ८ सय १८ जना यूएई गएका छन्। नेवाली कामदारहरुबो रोजाइमा यूएईपछि साउदी अरेबिया आकर्षण गन्तव्य बनेको छ। साउदी जानेको संख्या १३ हजार ६ सय ४१ रहेको छ ।

यस्तै, मलेसियाको लागि १२ हजार ६ सय २ जनाले श्रम स्वीकृती लिएका छन् भने कतारको लागि ११ हजार २ सय ४ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९ सय ६४ जना ले श्रम स्वीकृति लिएका छन्।

यसैगरी, रोमनियामा २ हजार २ सय ९९ जना, क्रोएसियामा ९ सय ६० जना, साइप्रसमा ७ सय ८१ जना, जापानमा १ हजार ३ सय ५१ जना, मालदिभ्समा ४ सय ९३ जना, मौरिससमा ६ सय २० जना र दक्षिण कोरियामा ६ सय ५७ जनाले श्रम स्वीकृती लिएका छन् ।

एक महिनामा यति धेरैले श्रम स्वीकृति लिएको यो दोस्रो हो। यसअघि गत मंसिरमा ७१ हजार २४६ जनाले श्रम स्वीकृति लिएका थिए।

१३ हजार कामदार अदक्ष

अहिले पनि अदक्ष र अर्धदक्ष नेपाली कामदर विदेश गइरहेका छन् । सीपयुक्त जनशक्तिको तुलनामा अदक्ष र अर्धदक्ष कामदार कमै मात्रामा बाहिरिए पनि पूर्णरुपमा न्यूनीकरण भने भएको छैन। श्रम स्वीकृति लिनेमध्ये १३ हजार ३७३ जना अदक्ष अर्थात सीप नभएका छन् ।

यस्तै ५१ हजार ३२८ जना सीप भएका, ५ हजार ६८४ जना अर्धदक्ष, ४८२ जना प्रोफ्रेशनल र ६६ जना उच्च दक्ष हासिल गरेका नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.