Advertisement

चीन भ्रमण गर्न चाहने नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

0 20

Advertisement

२१ चैत, काठमाडाैं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन चीनलाई अनुरोध गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसदलाई जानकारी गराउँदै निःशुल्क भिसा उपलब्ध गराउन भनेको र चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए । नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलाई भने नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ ।

दुई देशबीचको समन्वय र सहकार्यलाई बढावा लिई आपसी सहयोगका क्षेत्र विस्तार गर्नेबारे महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने तथा चीनको तीव्र गतिको विकासबाट नेपालले कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर विभिन्न व्यक्तिसँग छलफल भएको उहाँको भनाइ छ । नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता चीनले व्यक्त गरेको उनले बताए ।

चीनसँगका रसुवागढी-केरुङ, तातोपानी-झाङ्गु, यारी-पुरान र नेचुङ-कोरला व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू खोल्न चिनियाँ पक्ष तयार भएको बताए ।

नेपाल-चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयाममा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्नेबारे चिनियाँ पक्षसँग छलफल भएको र दुवै पक्ष यसमा सकारात्मक रहेको उनले बताए । चिनियाँ परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’को कार्यान्वयन योजना (बिआरआई इम्प्लिमेन्टेसन प्लान) लाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे पनि भ्रमणका क्रममा छलफल भएको उनको भनाइ छ ।

“नेपाल–चीनबीच भएका सहमतिको प्रभावकारी कार्यान्वयन गरी विद्यमान संयन्त्रहरूको नियमित बैठक बस्ने र आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएका छन्”, श्रेष्ठले भने, “सन् २०१२ मा दुई देशबीच हस्ताक्षर भएको ‘ट्रान्स-फ्रन्टायर पास्चरिङ बाई बोर्डर इनहेबिटेन्स’ बमोजिम सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई चीनको स्वशासित क्षेत्र तिब्बतमा चरन भूमि प्रयोग गर्न दिने तथा सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको छ ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.