Advertisement

इजरायली हमलामा सहायताकर्मी मारिएपछि वर्ल्ड सेन्ट्रल किचेनद्वारा सहायता रोक्ने घोषणा

0 14

Advertisement

२१ चैत, गाजा । वर्ल्ड सेन्ट्रल किचेन संगठनले मंगलबार गाजामा इजरायली हवाई हमलामा सात जना कर्मचारीको मृत्यु भएपछि आफ्नो सहायता कार्य तत्काल निलम्वन गर्ने घोषणा गरेको छ। गैर–लाभकारी संस्था किचनले गाजामा इजरायली सेनाको आक्रमणमा आफ्नो टोलीका सात सदस्यको हत्या भएको पुष्टि गरेको हो।

इजरायल डिफेन्स फोर्ससँगको समन्वयको बावजुद त्यहाँ खाद्यान्न सहायता अनलोड गरेपछि डेर अल–बालाह गोदामबाट बाहिर निस्कने क्रममा टोलीमाथि आक्रमण भएको बताइएको छ। प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले मंगलबार कठिन उद्धार कार्यपछि टोलीले सात कर्मचारीको शव निकाल्न सफल भएको बताएको छ।

गाजामा रहेको हमासको मिडिया कार्यालयले सोमबार राति विभिन्न राष्ट्रियताका कामदारहरू मध्य गाजाको देइर अल–बालाहको पश्चिममा समुन्द्री सडकमा यात्रा गर्ने क्रममा दुईवटा कारहरूलाई निशाना बनाएर आक्रमण गरिएको बताएको छ।

डब्ल्यूसीकेका अनुसार सात कर्मचारी प्यालेस्टाइन, अष्ट्रेलिया, पोल्याण्ड, बेलायत र क्यानडा र संयुक्त राज्य अमेरिकाका रहेको बताएको छ। इजरायलले मंगलबार आक्रमणको जिम्मेवारी लिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.